पछिल्ला महिनाहरूमा प्राथमिक सेयर जारी गर्ने कम्पनीको संख्या बढ्दो क्रममा छ । फागुनमा मात्रै आधा दर्जन कम्पनीले विभिन्न समूहका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गरेका छन् । यी कम्पनीले २ करोड २२ लाखभन्दा बढी कित्ता प्राथमिक सेयर निष्काशन गरेका हुन् । तीमध्ये ४ कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि र २ कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेका हुन् ।
प्रभु स्मार्ट फण्ड र बिपीडब्ल्यु लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि आईपीओ जारी गर्दा भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी, डोल्टी पावर कम्पनी, मेन्चियम हाइड्रो र इंग्वा हाइड्रोले वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि आईपीओ जारी गरेका हुन् ।






