२३ फागुन, काठमाडौं । पछिल्लो समय निरन्तर घटिरहेको सेयर बजार मंगलबार भने सम्हालिएको छ । मंगलबार १४.४१ अंकले बढेको बजार १९५२.६६ बिन्दुमा उक्लिएको छ । यो शून्य दशमलव ७४ प्रतिशतको वृद्धि हो ।
मंगलबार २६१ धितोपत्रको २४ हजार ३७३ वटा कारोबारबाट ४० लाख ५९ हजार १४९ कित्ता सेयर किनबेच हुँदा १ अर्ब २० करोड ४४ लाख ९ हजार ४११ रुपैयाँ बराबरको कारोबार भएको छ ।मंगलबार उत्पादन तथा प्रशोधन र म्यूचअल फण्ड उपसूचकबाहेक सबै उपसूचक हरियो देखिए । सबैभन्दा धेरै जलविद्युत (१.६७ प्रतिशत)का लगानीकर्ताले कमाए ।






