काठमाडौँ — अल्फाबेट (गुगलको प्यारेन्ट कम्पनी) र अमेरिकी न्याय मन्त्रालयबीच चलिरहेको ‘एन्टिट्रस्ट ल’ (एकाधिकारविरुद्धको कानुन) मा मन्त्रालयले गुगललाई आन्तरिक सञ्चारलगायतका प्रमाणहरू मेटेको आरोप लगाएको छ । वासिङ्टन डीसीको संघीय अदालतमा केही समयअघि दायर भएको मुद्दामा वकिलहरूले गुगललाई आफ्ना कर्मचारीहरूको आन्तरिक च्याट केही समयपछि आफैं मेटिने बनाएर प्रमाणहरू तलमाथि गरेकाले सो रोक्न माग गरिएको छ ।







