स्पेशल प्रि- ओपन सेसनमा शुभम पावरकाे कतिमा भयो कारोबार ?


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
स्पेशल प्रि- ओपन सेसनमा शुभम पावरकाे कतिमा भयो कारोबार ?

काठमाडौं । मंगलवार स्पेशल प्रि - ओपन सेसनमा शुभम पावर कम्पनीको पहिलो कारोबार भएको छ ।

कम्पनीको शेयर प्रतिकित्ता रू. २६५ मा पहिलो कारोबार भएको हो । कम्पनीको शेयर आइतवार पहिलो कारोबार हुनपर्ने थियो ।  तर सो दिनको म्याचिङ नभएका कारण स्पेशल प्रि - ओपन सेसनमा कारोबार नभएपछि, पहिलो कारोबार मंगलवारको स्पेशल प्रि ओपनमा सरेको हो । 

गत बिहीवार अर्थात् फागुन १८ गते नेप्सेमा कम्पनीको शेयर सूचीकृत भएको थियो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुलाई निष्काशन गरेको १९ हजार ४२० कित्ता, सर्वसाधारण शेयरधनीहरुलाई निष्कासन गरेको ५ लाख ८० हजार ५८० कित्ता शेयर र कम्पनीका संस्थापकहहरुले लगानी गरेको १४ लाख कित्ता सहित २० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।

Read More
  • EBL Ad news