काठमाडौं : अपर तामाकोशी हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले १००% अर्थात् १ बराबर १ अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद जारी गर्न बोर्डसँग अनुमति मागेको हो ।
हकप्रद सेयर निष्कासनका लागि कम्पनीले सनराइज क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । उक्त हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ ।





