आइतबार नेप्से परिसूचक ३०.७७ अंकले घट्यो


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
आइतबार नेप्से परिसूचक ३०.७७ अंकले घट्यो

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक भारी अंकले घटेको छ । बिहीबारको तुलनामा नेप्से परिसूचक ३०.७७ अंकले घटेर १९३८.२५ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का आइतबार कुल २५९ कम्पनीको ३८ लाख ३२ हजार ४ सय ५९ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ३९ करोडमाथिको सेयर कारोबार भएको हो । आइतबार सबैभन्दा बढी कारोबार हिमालयन डिष्ट्रिलरी लिमिटेडको भएको छ । यस कम्पनीको ८ करोड ४४ लाख १८ हजार ४ सय ५२ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

Read More
  • EBL Ad news