काठमाडौं : अमेरिकी सर्ट–सेलर हिन्डेनबर्ग रिसर्चको रिपोर्टपछि तीब्र गिरावट आएको अडानी ग्रुपका कम्पनीहरुको सेयर भाउ पुनः बढ्न थालेको छ । पछिल्लो केही दिनयता आएका सकारात्मक समाचारहरुका कारण अडानी ग्रुपका सेयरहरु ‘बाउन्स ब्याक’ भएका हुन् । पछिल्ला चार कारोबार सत्रहरुमा अदानी ग्रुपका १० वटै स्टकहरुको समग्र बजार पुँजीकरण १७ खर्ब भारतीय रुपैयाँ (भारु) ले बढेर ८५ अर्ब रुपैयाँ पुगेको छ । अडानी ग्रुपको प्रमुख कम्पनी ‘अडानी इन्टरप्राइजेज’ को सेयर भाउ ४ दिनमै ५७.५% ले बढेको छ ।






