काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुपर मादी हाइड्रोपावरको सेयर कारोबार आइतबारदेखि सुरु भएको छ । कम्पनीको पहिलो कारोबार प्रतिकित्ता २९९ रुपैयाँमा भएको छ । अब सोही भाउलाई आधार मानेर यसको नियमित कारोबार हुनेछ । नेप्सेले सुपर मादीको पहिलो कारोबारका लागि न्यूनतम ९९ रुपैयाँ ८० पैसादेखि अधिकतम २९९ रुपैयाँ ४० पैसासम्म रेन्ज तोकेको थियो । उक्त रेन्जको माथिल्लो विन्दुबाट यसको कारोबार खुला भएको हो । ‘एसएमएचएल’ संकेतमा यसको सेयर कारोबार खुला भएको छ ।






