नेप्सेमा सुचीकृत ६३ वटा हाइड्रोपावर कम्पनीमध्ये ५९ वटा कम्पनीले दोस्रो त्रैमासिक रिपोर्ट प्रकाशित गरेका छन् । प्रकाशित रिपोर्टअनुसार ५९ वटा हाइड्रोपावरले कुल १ अर्ब ३२ करोड ९५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन् ।
५९ हाइड्रोपावर कम्पनीमा ४१ हाइड्रोपावर कम्पनीमा नाफामा रहेका छन् भने ग्रिनलाइफ हाइड्रोपावरले विद्युत उत्पादन नगरेको हुँदा खुद मुनाफा शुन्य देखाएको छ भने १७ वटा कम्पनीले नोक्सानीमा गएको रिपोर्ट प्रकाशित गरेका छन् ।
सबैभन्दा बढी चिलिमे हाइड्रोपावरले सबैभन्दा बढी ३८ करोड ९९ लाख रुपैयाँ खुद नाफा गरेको छ भने माउन्टेन इनर्जी नेपालले ३५ करोड ५८ लाख रुपैयाँ नाफा गरेको छ । त्यसैगरी सानिमा हाइड्रोपावरले ६ महिनामा ३२ करोड ९२ लाख रुपैयाँ आम्दानी गरेका छन् । बुटवल पावरले २२ करोड ८७ लाख रुपैयाँ खुद नाफा गर्दा साहस ऊर्जाले २१ करोड ६० लाख रुपैयाँ आम्दानी गरेकाे छ ।






