काठमाडौं : यसअघि नेपाल बंगालदेश बैंक (हाल नबिल बैंकमा विलय भएको) मा लगानी गरेको बंगलादेशको आइएफआइसी बैंकको सेयर भाउमा तीब्र उतारचढाव देखिएको छ । आफ्नो स्वामित्वमा रहेको तत्कालीन नेपाल बंगलादेश बैंकको सम्पूर्ण ३ करोड ६८ लाख २७ हजार ४२६ कित्ता सेयर बिक्री गरेर बाहिरिने घोषणा गरेसँगै आइएफआइसीको सेयर भाउ ६०% ले बढेको थियो । तर अहिले पुनः घटेर सोही विन्दु आसपासमा झरेको छ । सन् २०२१ को जुलाईमा प्रतिकित्ता करिब १३ टाका (बंगलादेशको मुद्रा) रहेको यस कम्पनीको सेयर भाउ निरन्तर बढेर २१.३० टाकासम्म पुगेको थियो ।






