काठमाडौं : क्लब हाउमा एक जना लगानीकर्ताले प्रश्न सोधे, ‘बजारका पुराना र अनुभवी लगानीकर्ताहरुले जहिले पनि बैंकको सेयर खरिद गर्नु भनेर सल्लाह दिने गर्नु हुन्छ । तर बजार बढ्दा धेरैजसो हाइड्रोपावर, फाइनान्स जस्ता कम पुँजी भएका कम्पनीहरु बढ्ने गरेको देखिन्छ । तिनीहरु ४००–५०० प्रतिशतभन्दा धेरैले बढेको हामीले देखेका छौं । तर बैंकका सेयर भने त्यसरी बढ्दैनन् । जब बजारमा फाइनान्स र हाइड्रोपावर जस्ता कम्पनीहरुको सेयर त्यसरी बढीरहँदा तपाईंहरु चाँहि बैंकको सेयरमात्र किनेर बस्नु हुन्छ त ?






