मोलुङ्ग हाइड्रोपावरकाे आईपीओ भाेलि बाँडफाँट हुने, २ लाख २६ हजार ४६५ ले मात्रै शेयर पाउने


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
मोलुङ्ग हाइड्रोपावरकाे आईपीओ भाेलि बाँडफाँट हुने, २ लाख २६ हजार ४६५ ले मात्रै शेयर पाउने

मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले फागुन ४ गतेदेखि १० गतेसम्म निष्काशन गरेको आईपीओ भोलि (फागुन १९ गते) बाँडफाँट हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालय कमलपोखरीमा शेयर बाँडफाँट हुने भएको हाे ।

 

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार प्रिअलटमेन्टको काम सकिएपछि भोलि शुक्रबार बिहान १० बजे शेयर बाँडफाँट गर्ने तयारी गरेको हो ।

पछिल्लो तथ्यांक अनुसार कम्पनीको शेयरमा करिब १५ लाख आवेदक १ अर्ब ६६ करोड रुपैयाँ बराबरको १ करोड ६६ लाख कित्ता शेयरको लागि आवेदन परेको छ । यो सर्वसाधारणलाई निष्काशन गरेको २२ लाख ६४ हजार ६५५ कित्ता शेयरको ७ गुणा भन्दा बढी हुन आउँछ ।

कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा माध्यमबाट न्युनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ । त्यस अनुसार २ लाख २६ हजार ४६५ जनाले मात्रै शेयर पाउनेछन् ।

Read More
  • EBL Ad news