काठमाडौं । बिहीवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा दूई कम्पनीको आईपीओ सूचीकृत भएको छ । सुपर मादी हाइड्रोपावरको २ करोड १० लाख कित्ता र शुभम पावर लिमिटेडको २० लाख कित्ता साधारण शेयर सूचीकृत भएको हो । अव यी दुबै कम्पनीको शेयर धितोपत्रको दोस्रो बजारमा आइतवार देखि कारोबारमा आउनेछ ।
सुपर मादी हाइड्रोपावरकोे आईपीओलाई नेप्सेले पहिलो शेयर कारोबारका लागि प्रतिकित्ता न्यूनतम रु. ९९ दशमलव ३० देखि अधिकतम रु. २९९ दशमलव ४० सम्मको मूल्य रेञ्ज तोकिदिएको छ । यही मूल्य रेञ्जका आधारमा कम्पनीको शेयर आइतवार देखि कारोबारमा आउनेछ ।






