१७ लाख डिम्याट खाता रित्तै


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
१७ लाख डिम्याट खाता रित्तै

काठमाडौँ — सेयरमा लगानी र संकलनका लागि खुलेका करिब ५५ लाख ७३ हजार डिम्याट खातामध्ये १७ लाख रित्तै रहेका छन् । यसको अर्थ ती खातामा एक कित्ता पनि सेयर छैन । हाल सेयरमा लगानी गर्न (प्राथमिक र दोस्रो बजारमा) अनिवार्य रुपमा डिम्याट खाता खोल्नुपर्ने व्यवस्था छ ।

यसकारण प्रायः खाताहरु प्राथमिक निस्कासन (आईपीओ) मा लगानीका लागि खुल्ने गरेका छन् । पछिल्ला वर्षमा निकै कमलाई मात्र आईपीओ पर्न थालेको छ । यसकारण आईपीओ नपरेका र परे पनि तुरुन्त विक्री गरेका झण्डै १७ लाख डिम्याट खाता अहिले सेयरविहीन अवस्थामा रहेको सीडीएस एण्ड क्लियरिङका प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्यले जानकारी दिए ।

Read More
  • EBL Ad news