नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप २ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । सानिमा बैंक लिमिटेडको साधारण सभाबाट पारित भएको १० प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । उक्त प्रतिशत दरका कुल १ करोड १३ लाख २७ हजार ३७७ दशमलव ३३ कित्ता बोनस सेयर सूचीकृत भएको हो । उक्त बोनस सेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा भएपछि सेयरधनीहरुले कारोबार गर्न पाउनेछन् ।






