काठमाडौं : नेप्से सूचक मंगलबार ३.८१ अंकले घटेको छ । यससँगै सूचक २०१९.७३ विन्दुमा अडिएको छ । १ अर्ब ३८ करोड रुपैयाँको सेयर कारोबार भएको छ । ३ कम्पनीमा सकारात्मक सर्किट लागेको छ । सेयर बजारले विस्तारै सम्हालिने संकेत गरेको छ । केही समयदेखि निरन्तरजसो घट्दोक्रममा रहेको बजार अब विस्तारै सम्हालिंदै साइडवेजमा जाने र त्यसपछि पुनः गति लिन सक्ने जानकारहरुले अुनमान लगाएका छन् ।
यसअघि बढेको बजारमा नाफा बुक गर्दा नेप्से दबाबमा परेको थियो । तर यही बेला राजनीतिमा केही उतारचढाव आएपछि बजार अझै तल झरेको थियो । यसबीचमा आम लगानीकर्ताहरु पनि ‘पर्ख र हेर’ कै अवस्थामा बसे, यसले पनि बजारमा चहलपहल कम भयो ।






