यी २७ राष्ट्रहरु, जहाँ अझै छैन् सेयर बजार, स्टक एक्सचेन्ज नहुने अधिकांश मुलुक साना र गरिब


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
यी २७ राष्ट्रहरु, जहाँ अझै छैन् सेयर बजार, स्टक एक्सचेन्ज नहुने अधिकांश मुलुक साना र गरिब

काठमाडौं : विश्वमा २७ वटा राष्ट्रहरुमा अझै पनि स्टक एक्सचेन्ज छैन् । एक्सचेन्ज नभएपछि ती मुलुकहरुमा दोस्रो बजारमार्फत सेयर कारोबार पनि हुँदैन वा सहज छैन । २१ औ शताब्दीमा कुनै पनि देशमा एक वा एक भन्दा धेरै स्टक एक्सचेन्ज हुनु कुनै नौलो कुरा होइन । तर अफगानिस्तान, उत्तर कोरिया, दक्षिण सुडान लगायतका २७ मुलुकमा भने अझै पनि सेयर बजार सञ्चालनमा छैन् ।

 

विकिपिडियाका अनुसार यी सबै देशहरु सार्वभौम राज्यहरु हुन्, अर्थात, यी मुलुकहरु स्वतन्त्र छन् । तर पनि त्यहाँ स्टक एक्सचेन्ज भने दर्ता छैन् । २७ राष्ट्रमध्ये अधिकांश देशको आर्थिक अवस्था कमजोर रहेको छ । साथै, कतिपय मुलुक क्षेत्रफलका हिसाबले पनि निकै साना रहेका छन् । भ्याटिकन सिटी क्षेत्रफलका हिसाबले विश्वको सबै भन्दा सानो देश हो, त्यहाँ आर्थिक गतिविधिका कामहरु गर्न खासै सम्भव हुँदैन । त्यसैले पनि यस देशमा सेयर बजार नहुनुलाई सामान्य रुपमा लिन सकिन्छ ।

Read More
  • EBL Ad news