अन्तिम प्रहरमा नेप्से बलियो देखियो, राजनीतिको प्रभाव अब सकिनै लागेको हो ?


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
अन्तिम प्रहरमा नेप्से बलियो देखियो, राजनीतिको प्रभाव अब सकिनै लागेको हो ?

काठमाडौं : नेप्से सूचक सोमबार ३.६५ अंकले घटेर २०२३.५४ विन्दुमा आएको छ ।  अब पुँजी बजारमा राजनीतिको छाँया अब विस्तारै सकिंदै जाने संकेत मिलेको छ । किन भने सोमबार एमाले सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णयसँगै सेयर बजारले तत्कालका लागि प्रतिक्रिया दियो । नेप्से फराकिलो अंकले घट्यो । तर अन्तिम प्रहरसम्म आइपुग्दा बजारमा सुधार हुँदै गयो । बन्द हुने बेलामा नेप्से सूचक निकै झिनो अंकले मात्र घट्यो ।

यसर्थ, अब राजनीतिकै कारण बजारमा हुने गिरावट कम हुँदै गएको अनुमान गरिएको छ । किनभने यसबीचमा धेरै राजनीतिक घटनाक्रमहरु विकास भइसकेका छन्, ती सबैमा बजारले प्रतिक्रिया जनाइसकेको छ । सरकारको संरचना र भावी राष्ट्रपतिको सम्भावनालगायतका विषयहरु सतहमा आइसकेका छन् । अब राजनीति अर्कै कोर्षबाट अघि बढ्न लागेको छ । यी सबै पक्षलाई सेयर बजारले रियाक्ट गरिसकेको छ ।

Read More
  • EBL Ad news