काठमाडौं : गत साता अन्तर्राष्ट्रिय सेयर बजार समग्रमा मन्दी देखिएको छ। ३८ विभिन्न युरोपेली राष्ट्रको सेयर बजार परिसूचकलाई हेर्दा २४ राष्ट्रको सेयरबजार नकारात्मक देखिएको छ भने १४ राष्ट्रहरुको सेयर बजारमा मात्र वृद्धि भएको छ । त्यस्तै, १३ अमेरिकी राष्ट्रहरु मध्ये ४ देशको परिसूचक सकारात्मक भएको छ भने बाँकी ९ राष्ट्रहरुको सेयर बजारमा गिरावट आएको छ। २६ एसियाली राष्ट्रहरूमध्ये ७ राष्ट्रको परिसूचक सकारात्मक रहँदा अन्य १९ मुलुकको परिसूचकमा गिरावट आएको छ।






