काठमाडौं । एक महीनाभन्दा बढी समययता अमेरिकी अनुसन्धान कम्पनी हिन्डेनबर्ग रिसर्च र भारतीय व्यापारिक घराना अदानी समूहबीचको जुहारी जारी छ । हिन्डेनबर्गले भारतीय अर्बपति व्यापारी गौतम अदानीको सो समूहभित्र शेयर चलखेल र वित्तीय अनियमितता लगायत आरोप लगाउँदै एउटा प्रतिवेदन सार्वजनिक गरेयता समूहको शेयरमा पहिरो जाने क्रम जारी छ । यस्तोमा अदानी समूहमा ठूलो लगानी गरेको भारतको सबैभन्दा ठूलो बीमा कम्पनी एलआईसी पनि चपेटामा आएको छ ।






