बैकको ऋण तिर्न बलेफी हाइड्रोपावरले हकप्रद शेयर जारी गर्ने


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
बैकको ऋण तिर्न बलेफी हाइड्रोपावरले हकप्रद शेयर जारी गर्ने

बलेफी हाइड्रोपावर लिमिटेडले बैंकको ऋण चुक्ता गर्न ५० प्रतिशत हकप्रद जारी गर्ने भएको छ ।

कम्पनी सञ्चालक समिति शुक्रबार बसेको बैठकले हाल कायम चुक्तापुँजीको ५० प्रतिशत अर्थात १ः०.५ अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो । सभाले हकप्रद शेयर बिक्रीबाट उठ्ने पैसाले बैंकको ऋण चुक्ता गर्ने निणर्य गरेको हो ।

सञ्चालक समितिले कम्पनीको आगामी वार्षिक साधारण सभामा हकप्रद शेयर जारी प्रस्ताव स्वीकृतिका लागि पेश गर्ने भएको छ । कम्पनीको सभाले गरेपछि नियमनकारी निकायहरुबाट अनुमति प्राप्त गरेर मात्रै कम्पनीले हकप्रद शेयर जारी गर्न सक्ने छ ।

Read More
  • EBL Ad news