आत्मनिर्भर लघुवित्तको आइपीओमा ४७.१६ गुणा बढी आवेदन, भर्ने कति भए ?


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
आत्मनिर्भर लघुवित्तको आइपीओमा ४७.१६ गुणा बढी आवेदन, भर्ने कति भए ?

काठमाडौं : आत्मनिर्भर लघुवित्तको आइपीओमा ८० करोड ५ लाख ८६ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज (फागुन १२ गते) दिँउसो १ः३४ बजेसम्ममा ७ लाख ८ हजार ४३ जनाले ८० लाख ५ हजार ८६० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ४७.१६ गुणा बढी आवेदन हो ।
 

कम्पनीले बिहीबार (फागुन ११ गते) देखि आफ्नो जारी पुँजीको ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५% ले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको आइपीओ बिक्री गरेको हो । जसअनुसार प्रतिसेयर १ सय अंकित मूल्यमा २ लाख ३ हजार ३८० कित्ता सेयर निष्कासन भएको छ । यसमध्ये १०% अर्थात् २० हजार ३३८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गरिसकेको छ ।

Read More
  • EBL Ad news