लघुवित्तहरूले अब १५ प्रतिशतभन्दा बढी लाभांश दिँदा सोभन्दा बढी हुने रकमको ९५ प्रतिशतसम्म रकम विभिन्न कोषमा राख्नु पर्ने भएको छ।
राष्ट्र बैंकले केही दिनअघि एकीकृत निर्देशिकामा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो।
यसले सेयर बजारमा निकै उथलपुथल ल्याएको छ। यही कारण बिहीबार ४० भन्दा बढी लघुवित्त कम्पनीहरूको सेयर मूल्य १० प्रतिशतसम्म घटेर सर्किट ब्रेक नै लाग्यो। केही लगानीकर्ताहरूले फागुन ११ गते बिहीबारलाई 'लघुवित्तको लागि कालो दिन' को संज्ञा नै दिन भ्याए।






