काठमाडौं । सापटी सेवा र दीपशिखा धितोपत्र कारोबार कम्पनीले ‘नेपालको सन्दर्भमा पूँजी बजार सम्बन्धी वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालन गर्ने भएका छन् । आगामी फागुन १२ गते (शुक्रबार) ग्लोवल कलेजको प्राङगणमा पूँजी बजारका विभिन्न सन्दर्भमा प्रस्तुति राखिने आयोजकको भनाइ छ ।
कार्यक्रममा पूँजी बजार र नेपाली अर्थतन्त्रको परिदृष्य विषयमा एनआरएन नेपाल विकास कोषका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराई, नेपाली शेयर बजारको आधारभूत विश्लेषणका विषयमा एक्यानका निवर्तमान अध्यक्ष आनन्दराज शर्मा वाग्ले, शेयर बजारको प्राविधिक विश्लेषणका विषयमा विप्लव अधिकारी र नेपाली शेयर बजार विषयमा नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमन नेपालले अनुभव साझा गर्ने कार्यक्रम छ ।


