काठमाडौं : भारतलाई उछिन्दै बेलायत विश्वको छैटौं ठूलो सेयर मार्केट बनेको छ । बेलायतको बजार करिब ९ महिनापछि पुनः छैटौं स्थानमा उक्लिएको हो । मंगलबार बेलायतमा ‘एक्सचेन्ज ट्रेडेड फन्ड’ बाहेकका सबै सूचीकृत सेयरहरुको समग्र बजार पुँजीकरण ३१ खर्ब अमेरिकी डलरभन्दा बढी पुगेपछि भारतीय बजारभन्दा माथि उक्लिएको हो । बेलायती सेयर बजारको पुँजीकरण भारतको भन्दा करिब ५.१ अर्ब डलर बढी भएको ब्लुमबर्गले उल्लेख गरेको छ ।






