अन्तिम दिनसम्ममा मोलुङ्ग हाइड्रोपावरको आईपीओमा करिब १५ लाखको आवेदन, साढे १ अर्ब बढीकाे शेयर माग


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
अन्तिम दिनसम्ममा मोलुङ्ग हाइड्रोपावरको आईपीओमा करिब १५ लाखको आवेदन, साढे १ अर्ब बढीकाे शेयर माग

मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले फागुन ४ गतेदेखि आज १० गतेसम्म निष्काशन गरेको आईपीओमा करिब १५ लाखको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गको अनुसार बिहीबार साँझ ५ः०२ बजेसम्ममा १४ लाख ८७ हजार ५८४ जना आवेदक १ अर्ब ६५ करोड ९० लाख १७ हजार रुपैयाँ बराबरको १ करोड ६५ लाख ९० हजार १७० कित्ता शेयरको लागि आवेदन परेको हो ।

यो सर्वसाधारणलाई निष्काशन गरेको २२ लाख ६४ हजार ६५५ कित्ता शेयरको ७.३२ गुणा बढी हुन आउँछ ।

 

कम्पनीले सार्वजनिक निष्काशनका लागि आफ्नो जारी पूँजीको ३४ प्रतिशतले हुने आउने २७ करोड २८ लाख ५० हजार रुपैयाँ बराबरको २७ लाख २८ हजार ५०० कित्ता शेयर छुट्याएको थियो।

सोमध्ये १० प्रतिशत अर्थात २ लाख ७२ हजार ८५० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरु र ५ प्रतिशत अर्थात १ लाख ३६ हजार ४२५ कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिसकेको छ भने २ प्रतिशत अर्थात ५४ हजार ५७० कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि छुट्याइएको छ बाँकी रहेको २२ लाख ६४ हजार ६५५ कित्ता शेयर मात्रै । सर्वसाधारणलाई वितरण हुनेछ ।

Read More
  • EBL Ad news