काठमाडौं : भुटानको सेयर बजार पछिल्लो ७ महिनादेखि साइडवेजमा रहेको छ । त्यहाँको रोयल सेक्युरिटीज एक्सचेन्ज अफ भुटान गत जुलाईदेखि हालसम्म साइडवेजमा रहेको छ । जुलाईमा १,०५० को विन्दुमा रहेको सूचक फेब्रुअरीसम्म आइपुग्दा १०८६ को विन्दुमा पुगेको छ । यो ३% को वृद्धि हो । यसबीचमा पनि इन्डेक्समा त्यति धेरै उतारचढाव देखिएको छैन । यस अवधिसम्ममा सूचकले १,०९१ को हाइ बनाएको थियो भने १,०२८ को न्यूनतम विन्दुसम्म पुगेको थियो । तल्लो विन्दुदेखि माथिल्लो विन्दुसम्म जम्मा ६% को उतार चढाव देखिएको हो ।






