तीन कम्पनीको शेयर मूल्य समायोजन,कुन कम्पनीको कतिमा भयो ?


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
तीन कम्पनीको शेयर मूल्य समायोजन,कुन कम्पनीको कतिमा भयो ?

काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले तीन कम्पनीको शेयर मूल्य समायोजन गरेको छ । नेप्सेले ङादी ग्रुप पावर,स्वावलम्बन लघुवित्त वित्तीय संस्था  र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य समायोजन गरेको छ । नेप्सेले तीनओटै कम्पनीको बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो । 
यी  कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन १० गते बुक क्लोज गरेकाले फागुन ८ गतेसम्म कायम अन्तिम शेयर मूल्यका आधारमा नेप्सेले मूल्य समायोजन गरेको हो । फागुन ९ गते सार्वजनिक  विदाका कारण फागुन ८ गते सम्म कायम शेयरधनीले यी कम्पनीको लाभांश पाउन योग्यछन् । 
ङादी ग्रुप पावरको सोमवार कायम अन्तिम शेयरमूल्य रू २७६ को आधारमा प्रस्तावित ४ दशमलव ७५ प्रतिशत बोनस शेयरपछिको मूल्य नेप्सेले रू २६३ दशमलव ४८ तोकेको हो । 

Read More
  • EBL Ad news