साढे १३ अर्बको आईपीओ आउँदै, पाइपलाइनमा २७ कम्पनी


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
साढे १३ अर्बको आईपीओ आउँदै, पाइपलाइनमा २७ कम्पनी

काठमाडौं । विभिन्न २७ वटा कम्पनीहरू प्राथमिक शेयर (आईपीओ) निष्काशनका लागि पाइपलाइनमा रहेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अनुसार विभिन्न २७ कम्पनीहरू आइपिओ निष्कासनका लागि सेबोनमा निवेदन दिएर स्वीकृतिको पर्खाइमा छन् । 

सेबोनका अनुसार यसरी स्वीकृतिको पर्खाइमा रहेका कम्पनीहरूको १३ अर्ब ६२ करोड ३५ लाख ७ हजार २६० रुपैयाँ बराबरको ८ करोड ३ लाख ८९ हजार ८१६ कित्ता प्रारम्भिक शेयर निष्कासन हुनेछ ।

सेबोनमा आईपीओ निष्कासनको लागि स्वीकृतिको पर्खाइमा रहेका दुई कम्पनीले बुक बिल्डिङ विधिबाट शेयर बिक्री गर्ने भएका छन् । जसमा सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिबाट शेयर निष्कासन गर्न अनुमति मागेका हुन् । सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ मार्फत २४ लाख कित्ता शेयर निष्कासनको तयारीमा छ । सर्वोत्तमको शेयर प्रतिकित्ता ५०१ रुपैयाँदेखि ७५१.५० रुपैयाँसम्म तोकिएको छ ।  

Read More
  • EBL Ad news