काठमाडौँ । यो साता सेयर बजार परिसूचक नेप्से ११२ अंकमाथिले घटेर २ हजार ७० अंकको विन्दुमा ओर्लिएको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन अर्थात् माघ २९ गते१२.४५ अंकले बढ्दै २१ सय ८२.६४ अंकमा उक्लिएको नेप्से सूचक यस साताको अन्तिम कारोबार दिन माघ ४ गते, बिहीबारसम्ममा ११२.२३ अंकले घट्दै २ हजार ७०.४१ अंकको विन्दुमा रोकिन पुगेको हो ।
अघिल्लो साता आएको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा, त्यस लगत्तै भएको बजेटको अर्धवार्षिक समीक्षाले समेत बजारलाई उत्साह भर्न नसकेपछि सेयर बजार डाउन हुन पुगेको हो ।
खासगरी मौद्रिक नीति र बजेटको अर्धवार्षिक समीक्षाले बैंक ब्याजदर, सेयर धितोकर्जाको सीमा खारेजीलगाएको माग सम्बोधन गर्नेमा धितोपत्र लगानीकर्ताहरुको अपेक्षा थियो । तर, राष्ट्र बैंकको मौद्रिक नीतिले सम्बोधन गर्न नसकेको सेयर बजारलाई सरकारको बजेटको अर्धवार्षिक समीक्षाले समेत सकारात्मक आसा दिन नसकेपछि सेयर बजार डाउन हुन पुगेको हो ।






