काठमाडौं : ट्विटरले भारतमा रहेका आफ्ना ३ वटा कार्यालयमध्ये २ वटा बन्द गरेको छ । ट्विटरले दिल्ली र मुम्बईस्थित कार्यालय बन्द गर्दै कर्मचारीहरुलाई घरबाटै काम गर्न निर्देशन दिएको ब्लुमबर्गले रिपोर्ट गरेको छ । यता, भारतको टेक हब मानिएको बेंगलुरुमा रहेको कार्यालय भने सञ्चालनमा राख्ने भएको छ । ट्विटरमा अधिकांश इन्जिनियरहरु बेंगलुरु कार्यलयमा कार्यरत रहेका छन् । यसअघि, ट्विटरले भारतस्थित कार्यालयमा कार्यरत करिब २०० कर्मचारीमध्ये ९०% कर्मचारी कटौती गरेको थियो ।








