सुपर माई हाइड्रोपावरको आइपीओ बाँडफाँट, ४१ सय ७२ जनाको आवेदन रद्द


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सुपर माई हाइड्रोपावरको आइपीओ बाँडफाँट, ४१ सय ७२ जनाको आवेदन रद्द

काठमाडौं : सुपर माई हाइड्रोपावरको शुक्रबार (फागुन ५ गते) बिहान बाँडफाँट भएको छ । यसमा ४१ हजार ५०० जना सर्वसाधारण आवेदकले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर हात पारेका छन् । आइपीओका लागि कुल १३ लाख २२ हजार ४ सय ९२ जनाले आवेदन दिएकामा ४ हजार १ सय ७२ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जानकारी गराएको छ । 

 

कम्पनीले माघ २३ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि ४१ हजार ५०० कित्ता आइपीओ बिक्री खुला गरेको हो । कुल ५ लाख कित्तामध्ये १०% अर्थात् ५० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बिक्री गरिएको थियो भने ५% अर्थात् २५ हजार कित्ता सामूहिक लगानी कोष र २% अर्थात् १० हजार कित्ता कर्मचारीहरु छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री गरिएको थियो ।

Read More
  • EBL Ad news