टेलिकममा समस्यै समस्या


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
टेलिकममा समस्यै समस्या

बिहीबार बिहान पोस्टपेड मोबाइलमा फोन नजाने र ब्यालेन्स गायब हुने समस्या देखियो।

काठमाडौं : नेपाल टेलिकममा एकपछि अर्को समस्या थपिँदै गएका छन्। बिल सिस्टम प्रणाली खराबीको असर पछिल्लो समय सबै सेवामा देखिएको छ। पछिल्लो एक महिनायता मात्रै तीनपटक फरक–फरक समस्या देखिएको छ।

बुधबार दिउँसो र गत माघ ३ गते समस्या मोबाइल नेटवर्कमा आएको थियो। बिहीबार बिहान पोस्टपेड मोबाइलमा फोन नजाने र ब्यालेन्स गायब हुने समस्या देखियो। यस्ता समस्याले सेवाग्राहीलाई असर त परेको छ नै, राजस्व चुहावटको समस्यासमेत हुने विज्ञ बताउँछन्।

टेलिकममा बिलिङ प्रणालीमा सुधार नगर्दा बेलाबेला फोन नलाग्ने, डेटा नचल्ने, एसएमएस नजाने, रिचार्ज नहुने, ब्यालेन्स हेर्न नमिल्ने, भ्वाइस प्याक लिन नमिल्नेलगायत समस्या देखा परिरहेको छ। तर, टेलिकमले सुधार गर्न चासो नदेखाएको जानकार बताउँछन्।  ...

Read More
  • MBL - below news