लुम्बिनी विकास बैंकको ८९औँ शाखा नेपालटारमा विस्तार


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
लुम्बिनी विकास बैंकको ८९औँ  शाखा नेपालटारमा विस्तार

काठमाडौँ र लुम्बिनी विकास बैंक लिमिटेडले थप नयाँ शाखा कार्यालयको उद्घाटन गरेको छ । देशका बिभिन्न ठाउँमा बैंकिङ्ग सेवा पर्याउने उद्देश्यले फागुन ०३ गते बिहिबार बैंकले थप एकवटा नयाँ शाखा कार्यालयको उद्घाटन गरेको हो । बैंकले ८९औँ शाखाको रुपमा काठमाडौँ जिल्ला, तारकेश्वर नगरपालिका, वडा नं। ११ स्थित नेपालटार शाखाको सुरुवात गरेको छ । 

यस बैंकको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष चिन्तामणि भट्टराई र तारकेश्वर नगरपालिका वडा नं। ११ का वडा अध्यक्ष कविराज बस्नेतले संयुक्त रुपमा गरे । उक्त कार्यक्रममा बैंकका सञ्चालकहरु प्रविण कृष्ण श्रेष्ठ, अर्जुन थापा र अंजु कुमारी गुप्ताको उपस्थिती थियो । साथै, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले संचालन गरेको उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले बैंकको संक्षिप्त चिनारी सहित स्वागत मन्तब्य राखे । 

देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको आज थप एक नयाँ शाखाको उद्घाटन भएसंगै बैंकको बिभिन्न स्थानहरुमा गरी जम्मा ८९ वटा शाखा कार्यालयहरु र १ वटा एक्सटेन्सन काउण्टर स्थापना भएको छ । 
यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती खातामा “मासिक” रुपमा ब्याज प्रदान गर्ने र मल्टिपल धमाका खातामा आफ्नो लगानीलाई दुई गुणा देखि दश गुणासम्म गर्न मिल्ने समेत बिशेष योजनालाई निरन्तरता दिएको छ ।

  • MBL - below news