मौद्रिक नीति समीक्षापछि ११२ अंकले घट्यो नेप्से


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
मौद्रिक नीति समीक्षापछि ११२ अंकले घट्यो नेप्से

४ फागुन, काठमाडौं । मौद्रिक नीति समीक्षापछिको लगातार चौथो कारोबार दिन पनि सेयर बजारमा गिरावट भएको छ ।  साताको अन्तिम कारोबार दिन बिहीबार बजार परिसूचक नेप्से  २१.१५ अंक (१.०१ प्रतिशत) ले गिरावट हुँदा २०७०.४१ अंकमा बन्द भएको छ ।

नेपाल राष्ट्र बैंकले गत शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको थियो । त्यसयता चार दिन कारोबार भएको सेयर बजारमा चार दिन नै बजार परिसूचक नेप्सेमा गिरावट भएको हो । पछिल्लो चार कारोबार दिनमा नेप्सेमा ११२ अंकको गिरावट भइसकेको छ । मौद्रिक नीतिको समीक्षाले ब्याजदर घटाउने र मौद्रिक नीति केही खुकुलो बनाउने अपेक्षामा रहेका सेयर लगानीकर्ता राष्ट्र बैंकले कसिलो नीतिलाई नै निरन्तरता दिएपछि  त्यसयता सेयर बजार लगातार घटिरहेको छ ।

Read More
  • EBL Ad news