एशियन हाइड्रोपावर लिमिटेडले माघ २७ गतेदेखि आज फागुन ३ गतेसम्म निष्काशन गरेको शेयरमा करिब १५ लाखको आवेदन परेको छ ।
सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बुधबार साँझ ५ः३ बजेसम्ममा १४ लाख ९२ हजार ७७८ आवेदकबाट १ अर्ब ६६ करोड २६ लाख ५२ हजार रुपैयाँ बराबरको १ करोड ६६ लाख २६ हजार ५२० कित्ताको लागि आवेदन परेको हो ।
यो सर्वसाधारणको लागि निष्काशन गरेको ६ लाख ९७ हजार २०० कित्ता शेयरको २३.८४ गुणा बढी हो ।
कम्पनीले जारी पूँजी ३४ करोड रुपैयाँको २४.७१ प्रतिशतका दरले हुने आउने ८ करोड ४० लाख रपैयाँ बराबरको प्रतिशेयर १०० अंकित मूल्यका ८ लाख ४० हजार कित्ता साधारण शेयरमध्ये ८४ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुमा र ४२ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरी कम्पनीका कर्मचारीहरुको लागि १६ हजार ८०० कित्ता शेयर सुरक्षित गरी बाँकी रहेको ६ लाख ९७ हजार २०० कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गरेको हो ।






