काठमाडौं :सेयर कारोबार निरन्तर ओरालो लागेको छ। साताको पहिलो कारोबार दिन आइतबारदेखि गिरावट आएको नेप्से परिसूचक आज पनि ओरालो लागेको छ।
आइतबार नेप्से परिसूचक ६० अंक र मंगलबार १६.६० अंकले घटेको थियो। सोमबार सार्वजनिक बिदा परेकाले कारोबार भएन। नेप्से ओरालो लागेसँगै कारोबार रकम मंगलबारको तुलनामा घटेको छ।
यसदिन २५६ कम्पनीको ४८ लाख १५ हजार १२० कित्ता सेयर १ अर्ब ७३ करोड २५ लाख ७५ हजार २०२ रुपैयाँमा खरिदबिक्री भयो। अघिल्लो कारोबार दिन मंगलबार १ अर्ब ७८ करोडको कारोबार भएको थियो।






