काठमाडौं : आत्मनिर्भर लघुवित्तले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा ४ करोड ९४ लाख ६ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार यसमा १५ हजार ९३३ जनाले ४ लाख ९४ हजार ६० कित्ताको लागि आवेदन दिएका छन् । यो मागभन्दा २४.२९ गुणा बढी आवेदन हो । कम्पनीले माघ १६ गतेबाट फागुन २ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आइपीओ बिक्री खुला गरेको छ ।






