मौद्रिक नीति समीक्षापछि नेप्सेमा ६१ अंकको गिरावट, ३ अर्ब ५ करोडको कारोबार


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
मौद्रिक नीति समीक्षापछि नेप्सेमा ६१ अंकको गिरावट, ३ अर्ब ५ करोडको कारोबार

२९ माघ, काठमाडौं । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षापछिको पहिलो कारोबार दिन सेयर बजार परिसूचक नेप्सेमा उच्च गिरावट भएको छ । आइतबार बजार परिसूचक नेप्सेमा ६०.८८ अंकको गिरावट हुँदा २१२१.७५ अंकमा बन्द भएको छ । २७ माघ शुक्रबार सार्वजनिक मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा सेयर लगानीकर्ताले अपेक्षा गरेजस्तो नआएको बताएका थिए ।

जसको प्रभाव आइतबार सेयर बजारमा देखिएको छ । आइतबार बजारका सबै उपसूचकमा गिरावट हुँदा नेपसे पनि घटेको छ । वित्त कम्पनी उपसूचकमा ४.७० प्रतिशतको गिरावट हुँदा उत्पादनमूलक र हाइड्रोपावर उपसूचक पनि ४ प्रतिशत भन्दा माथिले घटेको छ ।

Read More
  • EBL Ad news