काठमाडौं : नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ४ अर्ब २५ करोड ४७ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । टेलिकमले गत वर्षको सोही अवधिको भन्दा ९.१६% ले खुद नाफा वृद्धि गरेको हो । गत वर्ष यसले ३ अर्ब ८९ करोड ७८ लाख ७५ हजार रुपैयाँ नाफा कमाएको थियो । टेलिकमको सेवा व्यापारबाट आम्दानी घटेपनि अन्य आम्दानी बढाउन सफल भएपछि खुद नाफामा सुधार भएको देखिन्छ ।
गत वर्ष टेलिकमले सेवा व्यापारबाट १९ अर्ब २० करोड ७२ लाख रुपैयाँ आम्दानी गरेकामा यसपटक घटेर १८ अर्ब ७ करोड ७३ लाख रुपैयाँमा झरेको छ । यता, अन्य आम्दानी भने २ अर्ब ७८ करोड १९ लाख रुपैयाँबाट बढेर ४ अर्ब २ करोड ३७ लाख रुपैयाँ पुगेको छ । ....





