सेयर बजारमा १२ अंकले सुधार,१२ समूहको सूचकमा हरियाली


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सेयर बजारमा १२ अंकले सुधार,१२ समूहको सूचकमा हरियाली

काठमाडौं : सेयर कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारमा दोहोरो अंकले सुधार आएको छ। नेप्से परिसूचक १२.४५ अंकले बढेर २१८२.६३ विन्दुमा अडिएको छ।

नेप्से सामान्य अंकले बढेपनि कारोबार रकम भने बुधबारको तुलनामा घटेको छ। यसदिन २५७ कम्पनीको ५६ लाख ४८ हजार २१२ कित्ता सेयर २ अर्ब ६ करोड २० लाख ५८ हजार ७४९ रूपैयाँमा खरिदबिक्री भयो।

अघिल्लो कारोबार दिन बुधबार ३ अर्ब ६९ करोड मूल्य बढिको सेयर खरिदबिक्री भएको थियो। आज एउटा मात्रै कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। 

बराही हाइड्रोपावर पब्लिकको सेयर मूल्य १० प्रतिशतले बढेको हो। कारोबार रकमका आधारमा अपी पावर कम्पनी शीर्षस्थानमा रह्यो।

सो कम्पनीको ५ करोड बढिको सेयर कारोबार भयो। कारोबारमा आएका १३ उपसमूहमध्ये १२ को मूल्य बढ्यो भने १ को घट्यो।

Read More
  • EBL Ad news