काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले गत वर्षको मुनाफाबाट वितरण गर्ने निर्णय गरे बमोजिमको नगद लाभांश वितरण गर्न शुरु गरेको छ ।
कम्पनीले गत पुस २७ गते सम्पन्न २२औं वार्षिक साधारण सभाबाट पारित कर समेत १० प्रतिशत नगद लाभांश माघ ११ गतेदेखि वितरण गर्न सुरु गरेको हो । वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस २० गते एक दिन बुक क्लोज गरेको थियो ।
यसर्थ बुक क्लोजको अघिल्लो दिनसम्म कायम शेयरधनीहरूको हितग्राही खातामा उल्लेख बैंक खातामै नगद लाभांश वितरण गरिएको हो । कम्पनीले हालसम्म पनि हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका सदस्यहरूको बैंक खाता अद्यावधिक गराएपछि मात्र नगद लाभांश जम्मा गरिने पनि बताएको छ ।






