माया खोला हाइड्रोपावरकोे आइपीओ बाँडफाँट, कति भए सेयर पाउने भाग्यमानी ?


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
माया खोला हाइड्रोपावरकोे आइपीओ बाँडफाँट, कति भए सेयर पाउने भाग्यमानी ?

काठमाडौं  : माया खोला हाइड्रोपावरकोे आइपीओ बिहीबार (माघ २६ गते) बिहान बाँडफाँट भएको छ । यसमा १ लाख ९९ हजार २०० जना सर्वसाधारण आवेदकले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर हात पारेका छन् । आइपीओका लागि कुल १४ लाख ३५ हजार ३१३ जना आवेदकले आवेदन दिएकामा १ लाख ५६ हजार हजार ६२५ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक बिक्री प्रबन्धक प्रभु क्यापिटलले जानकारी गराएको छ ।
 

कम्पनीले माघ १३ गतेदेखि १७ गतेसम्म ३४ करोड रुपैयाँ बराबरको ३४ लाख कित्ता आइपीओ बिक्री खुला गरेको हो । यो मध्ये १०% अर्थात् १० लाख कित्ता सेयर आयोजन प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र २ लाख ४० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि यसअघिनै निष्काशन गरिसकेको छ । यसैगरी, ५% अर्थात् १ लाख २० हजार कित्ता सामुहिक लगानी कोष र २% अर्थात् ४८ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । 

Read More
  • EBL Ad news