काठमाडौं । पछिल्लो समय डिजिटल (अनलाइन) वित्तीय कारोबार तीव्र गतिमा बढिरहेको छ ।
भुक्तानीका सधान मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङसँगै विविध भुक्तानीका साधनहरू वालेट, कनेक्ट आइपीएस, डेबिट, क्रेडिट कार्डको प्रयोग बढेको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार पुसमसान्तसम्ममा मोबाइल बैंकिङ सुविधा प्रयोगकर्ताहरुको संख्या २ करोड क्रस भएको छ । यस्तै, इन्टरनेट बैंकिङ प्रयोगकर्ताहरुको संख्या १७ लाख ६८ हजार पुगेको छ भने डेबिट कार्ड प्रयोगकर्ताको संख्या १ करोड २२ लाख २२ हजार र क्रेडिट कार्ड प्रयोगकर्ताहरुको संख्या २ लाख ७६ हजार पुगेको बैंकले जनाएको छ ।








