काठमाडौं । क्यान इन्फोटेक २०२३ मा विभिन्न कम्पनीहरुको आकर्षक छुट र अफरको घोषणा गरेका छन् । प्रदर्शनीमा इन्टरनेट सेवाप्रदायक, स्थानीय सफ्टवेयर, कम्प्युटर तथा एक्सेसरिज, आईटी ट्रेनिङ तथा इन्स्टिच्युट, स्टार्टअप तथा इनोभेसन, नेटवर्किङ प्रडक्ट लगायतका स्टलमा अवलोकनकर्ताको बढी चासो रहेको आयोजक क्यान महासंघले जनाएको छ ।
यस क्यान इन्फोटेकमा इन्फोडेभलपर्स प्रालिले नेपालको पुरानो र चर्चित कोर बैंकिङ सोलुसन्स ‘पुमोरी’को विशेष प्रवद्र्धन, इन्फोटेकको एसोसिएट स्पोन्सर डिशहोम फाइबरनेटले आफ्नो ब्रोडब्यान्ड इन्टरनेट र आईपी टिभीको र इन्टरनेट सम्बन्धी विभिन्न प्याकेजको प्रवर्द्धन, मेलामा डायमन्ड स्पोन्सर नेपाल टेलिकमले अवलोकनकर्तालाई निःशुल्क सिम वितरण, माया एनिमेसन एकेडेमीले इन्फोटेक अवलोकनकर्तालाई एनिमेसन, भीएफएक्स, मोसन ग्राफिक्स, मुभी एडिटिङ, ग्राफिक्स डिजाइनिङ, अटो क्याड लगायतका कोर्षमा ५० प्रतिशतसम्मको छुट घोषणा, टिकेटिङ पार्टनर पेवेलले आफ्नो एपमार्फत क्यान इन्फोटेकको टिकट रु २५ मै उपलब्ध, मोबाइल सेवाप्रदायक एनसेलले निःशुल्क सिम वितरणको योजना सञ्चालन साथै एनसेलले ई सिम अपग्रेड सेवा प्रदान, इन्टरनेट सेवाप्रदायक भायानेट, सुबिसु लगायतका कम्पनीहरूले अवलोकनकर्ताका लागि भन्दै विभिन्न प्याकेजहरु उपलब्ध र छुट सुविधासहितका उक्त प्याकेजमा ग्राहकले कम मूल्यमा इन्टरनेट सेवा लिनसक्ने सुविधाहरू राखिएको छ ।
त्यस्तै कान्तिपुर सिटी कलेजले विभिन्न कोर्षमा ५० हजार रुपैयाँ बराबरको छात्रवृत्ति घोषणा, भुक्तानी सेवा प्रदायक आइएमई पेले क्यान इन्फोटेकमा आउने अवलोकनकर्तालाई निःशुल्क भिसा कार्ड प्रदान, त्यस्तै स्टलबाटै आइएमई पेले ग्राहकको केवाईसी भेरिफाइड समेत गरिरहेको छ । कम्प्युटर र एक्सेसरिज लगायतका ब्राण्डले अवलोकनकर्ता आकर्षित गर्न सोही अनुसारका छुट तथा अफर, यसअन्तर्गत यू सफ्ट कम्प्युटर टेक्नोसिसले क्यान इन्फोटेकका अवसमा ल्यापटप, गेमिङ पीसी लगायतका प्रडक्टका लागि फ्रि सर्भसिङ अफर, ल्याएको छ ।








