काठमाडौं : अडानी ग्रुपका कम्पनीहरुको सेयर भाउ मंगलबार बढेको छ । अडानीले आफ्ना केही ऋणहरु अग्रीम भुक्तानी गर्ने घोषणा गरेको एक दिनपछि नै सेयर भाउमा वृद्धि भएको हो । अमेरिकी सर्ट–सेलर हिन्डेनबर्ग रिसर्चले अडानीका बारेमा आलोचनात्मक रिपोर्ट सार्वजनिक गरेयता दुई हप्ताको अवधिमै अडानी ग्रुपका कम्पनीहरुको समग्र बजार पुँजीकरण ११३ अर्ब डलर घटेको छ ।
सोमबार अडानीले केही ऋणहरु अग्रीम भुक्तानी गर्ने बताएको थियो । अडानी ग्रुपले सन् २०२४ मा परिपक्व हुने सेयर धितो कर्जाको १.११ अर्ब डलर बराबरको ऋणलाई अग्रीम भुक्तानी गर्ने बताएको थियो । जसका कारण मंगलबार सेयर भाउमा वृद्धि भएको विश्लेषण गरिएको छ ।






