नेप्सेमा दुई वटा सामुहिक लगानी कोष योजनाको इकाई सुचिकृत


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेप्सेमा दुई वटा सामुहिक लगानी कोष योजनाको इकाई सुचिकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा दुई वटा सामुहिक लगानी कोष योजनाको इकाई सुचिकृत भएको छ । आज नेप्सेमा एनआईबिएल ग्रोथ फण्ड र सानिमा ग्रोथ फण्डको इकाई सुचिकृत भएको हो ।

एनआईबिएल ग्रोथ फण्ड एनआइबिएल एस क्यापिटलले संचालन गरेको योजना हो । यस योजनाको आकार १ अर्ब ३२ करोड रहेको छ । योजनाको १३ करोड २० इकाई सुचिकृत भएको हो । यस योजनाको कारोबार NIBLGF सिम्बलबाट हुने छ।

त्यस्तै सानिमा ग्रोथ फण्ड सानिमा क्यापिटलले संचालन गरेको योजना हो । यस योजनाको आकार ६७ करोड २५ लाख ३२ हजार ६ सय रुपैयाँ बराबरको करोड रहेको छ । योजनाको ६ करोड ७२ लाख ५३ हजार २ सय ६० इकाई सुचिकृत भएको हो । यस योजनाको कारोबार SAGF सिम्बलबाट हुने छ।

Read More
  • EBL Ad news