क्यान इन्फोटेक– २०२३ आजदेखि भृकुटीमण्डपमा सुरु


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
क्यान इन्फोटेक– २०२३ आजदेखि भृकुटीमण्डपमा सुरु

क्यान इन्फोटेक– २०२३ आजदेखि भृकुटीमण्डपमा सुरु भएको छ। उक्त आयोजना कम्युटर अशोसिएसन अफ नेपाल महासघंको आयोजना सुरु भएको हो। यस आयोजना सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उद्घाटन गरेकी हुन् । सो अवसरमा बोल्दै मन्त्री कार्कीले निजी क्षेत्रसँग सहकार्य गरी नेपालमा आईसीटी क्षेत्रको विकास विस्तारमा सरकारले काम गरिरहेको बताउनुभयो । यस क्यान इन्फोटेकले सम्पुर्ण सेवाग्राहीलाई सूचना तथा सञ्चार प्रविधि क्षेत्रका विभिन्न उत्पादन र सेवाबारे जानकारी दिने उद्देश्यले आयोजना गरिएको हो र यो माघ २९ गतेसम्म चल्नेछ । उक्त प्रदर्शनीमा सूचना तथा प्रविधि क्षेत्रका हार्डवेयर, सफ्टवेयर, इन्टरनेट सेवा प्रदायक, मोबाइल तथा मोबाइल एक्सेसरिजलगायत कम्पनीका दुई सयभन्दा बढी स्टल राखिएका छन् । 

माघ २५ देखि २८ गतेसम्म हरेक दिन आइसिटी सेमिनार सञ्चालन गरिने पनि आयोजक क्यान महासङ्घले जनाएको छ । क्यान इन्फोटेकमा विभिन्न प्रविधिका वस्तु तथा सेवाको ब्रान्डिङ, प्रडक्ट लन्चिङ, विद्यार्थीका लागि आइटी करियर काउन्सिलिङलगायत कार्यक्रम समावेश गरिएको छ । यसपटकको प्रदर्शनीमा नेपाली इनोभेसन, प्रतिभा र स्टार्टअपलाई प्राथमिकतामा राखिएको र  करिब साढे तीन लाखजनाले प्रदर्शनी अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

  • MBL - below news