नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नासा सेक्युरिटिजलाई नयाँ टिएमएस ल्याउने अनुमति दिएको छ। नासाले गरेको निवेदन स्वीकार गर्दै नेप्सेले नासालाई एलओआई दिएको जनाएको छ।
“नासालाई एक महिनाभित्र भौतिक पूर्वाधार तयार गरी सम्पर्क गर्न एलओआई दिएका छौ” नेप्सेका उच्च अधिकारीले मेरो लगानीसँग भने।
यस अघि नेप्सेले ३४ कम्पनीलाई नयाँ टिएमएस ल्याउन अनुमति दिएको थियो। अनुमति पाउने कुनै पनि कम्पनीले अहिलेसम्म नयाँ टिएमएस भने ल्याई सकेका छैनन्।
नासाले भारतीय कम्पनीले बनाएकाे टिएमएस ल्याउने भन्दै नेप्सेमा निवेदन दिएको थियो। उसले भनेको कम्पनीकै टिएमएस राख्न नेप्सेले अनुमति दिएको जनाएको छ।






