सोमबार नेप्से नेप्से परिसूचक ४.५७ अंकले बढेको छ।
यस दिन नेप्से ०.२२ प्रतिशतले बढेर २१००.६५ बिन्दुमा बन्द भएको छ।
सोमबार नेप्से परिसूचक बढेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।
गत कारोबार दिन अर्थात् आइतबार १ अर्ब ९३ करोड १७ लाख १९ हजारको सेयर कारोबार बराबरको सेयर कारोबार भएकोमा आज त्यो रकम घटेर १ अर्ब ४७ करोड ४१ लाख ६१ हजार ६६५ रुपैयाँमा सीमित भएको छ।
सोमबार २५९ वटा धितोपत्रको ३९ लाख २२ हजार २१६ कित्ता सेयर किनबेच भएको हो।






